असोज २०, २०७६
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार,नेपाल संवत छठ लगायतका चाडपर्वलाई लक्षित गरी असोज २९ गते चियापान कार्यक्रम राखको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको चियापानको तयारी शूरु गरिएको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी गराए ।
चियापान कार्यक्रममा एक लाख भन्दा बढी निम्तो गरिने श्रेष्ठको भनाई रहेको छ। कार्यक्रममा ४० हजार सर्वसाधारण र विशिष्ट व्यक्तिहरु उपस्थिती रहने जनाइएको छ। सर्वसाधारणको लागि बिहान १२ बजेदेखि तीन बजेसम्म चियापान कार्यक्रम राखिएको छ ।
त्यस्तै कुटनीतिक निकायका व्यक्तिहरूको लागि भने तीन बजेदेखि पाँच बजेसम्मको समय राखिएको श्रेष्ठले बताए। चियापान समारोहमा दुई अध्यक्षसहित नेकपाका शीर्ष नेताहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
तत्कालिन एमालेमा अध्यक्ष प्रधानमन्त्री रहेका बेला मनमोहन अधिकारीले चियापान कार्यक्रम शुरु गरेका थिए। निरन्तरता दिइएको हो। एमाले र माओवादी एकिकृत भएसँगै गत वर्षदेखि नेकपाको तर्फबाट चियापान सुरु गरेको हो।
२०७२ सालको भूकम्प अगाडि तत्कालिन एमालेको केन्द्रिय कार्यालय बल्खुमा गरिदै आएको चियापान काठमाडौंको भृकुटीमण्डपमा गर्ने गरिएको छ ।
