हसन्दह ढल्केजाेवन फुटबलकाे उपाधि वडा नं. ७ लाई

हसन्दह ढल्केजाेवन फुटबलकाे उपाधि वडा नं. ७ लाई

भिमराज अधिकारी, पथरी
हसन्दह ढल्केजाेवन फुटबलकाे उपाधि वडा नं. ७ ले हात पारेको छ । वडा नं. ३ लाई १-० गाेल अन्तरले पराजित गर्दै उपाधि अाफ्नाे पाेल्टामा पारेको हाे ।

खेलकाे १८ अाैँ मिनेटमा जर्सी नं. ११ का खेलाडी मनिष थारुले १ गाेल गरेका थिए । साेहि १ गाेल नै खेलकाे निर्णायक गाेल भयाे । खेल अवधिभर दवावमा राखेकाे ७ ले अाफ्ना अाधा दर्जन सुनाैला अवसर पाएकाे भएता पनि ती अवसरकाे सहि सदुपयाेग गर्न सकेन र झिनाे अन्तरले उपाधि हात पार्याे । उपविजेतामन सिमित बनेकाे वडा नं. ३ ले पनि अाफ्ना केही अवसरकाे सदुपयाेग गर्नबाट चुक्याे । वडा नं. ३ का निकै राम्रो खेल प्रदर्शन गर्दै अाएका खेलाडी महेन्द्र थापा मैदान प्रवेश नगरेका कारण पनि ३ ले उपाधि सुम्पनु परेकाे हाे ।

खेलकाे अन्त्य तिर लगातार ३ वटा पहेँले कार्डकाे प्रयाेग भयाे । वडा नं. ७ का खेलाडीले फल गरेका थिए । साेहि विषयमा मधुलाल उराव र मनिस थारुले पहेँलो कार्ड पाए । यस्तै वडा नं. ३ का खेलाडी घनश्याम पाण्डेले पनि फल गरेका कारण पहेँलो कार्ड पाए ।

छनाेट चरण देखिका म्यान अफ दि म्याच हुने खेलाडीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियाे । पहिलाे खेलमा वडा नं. ६ का डिक बहादुर मगर, दाेस्राे खेलमा वडा नं. ३ का महेन्द्र बहादुर थापा, तेस्रो खेलमा वडा नं. ७ का मनिष थारु, चाैथाे खेलमा वडा नं. ८ का लाेक बहादुर खड्का, पाचौं खेलमा वडा नं. ७ का मधुलाल उराव, सेमिफाइनल खेलमा पहिलो खेलमा वडा नं. ३ का महेन्द्र बहादुर थापा र दाेस्राे खेलमा वडा नं. ७ का मनिष थारु घाेषित भएका थिए । अाजकाे फाइनल खेलमा विजेता टिमका काली प्रसाद पाेख्रेलले म्यान अफ दि म्याच पाए ।

यस्तै उत्कृष्ट गाेल किपर लाेक बहादुर खड्का, उत्कृष्ट मिड फिल्डर महेन्द्र बहादुर थापा, उत्कृष्ट डिफेन्स मधुलाल उराव, म्यान अफ दि सिरिज र उच्च गाेलकर्ताकाे पुरस्कार मनिष थारुले पाए । फाइनल बिजेता टिमले २२ केजी र उपबिजेता टिमले १८ केजीको खसी, ट्रफी, मेडल र प्रमाण-पत्र हात पारे ।

यसअघि नगरप्रमुख दिलिप कुमार राईकाे प्रमुख अातिथ्यतामा अाैपचारिक कार्यक्रम भएकाे थियाे । कार्यक्रममा प्रमुख राईले बिजेता, उपबिजेता टिम लगाएत सबैलाई खेल र अाउदै गरेका चाडहरुकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा वडा नं. ५ अध्यक्ष जाेग बहादुर धिमाल, ६ का अध्यक्ष जय बहादुर तामाङ, राखेप कर्मचारी संघ अध्यक्ष रन्जन थापा, अमरसिंह माविका प्रअ डाेमी शाह लगाएतले शुभकामना मन्तव्य राखेका थिए । असाेज १० बाट सुरु भएकाे हसन्दह ढल्केजाेवन फुटबल पथरी शनिश्चरे ५ माेरङमा रहेकाे अमरसिंह माविकाे खेल मैदानमा भएकाे हाे ।

सम्बन्धित खवर