प्रदेश १ का भीआइपीको दशैं

प्रदेश १ का भीआइपीको दशैं

आइतबार १९, असोज २०७६
दशैंमा पुर्वका भीआइपीहरु के गर्लान् सबैको चासोको विषय हुन सक्छ । मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि दशैले छोएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दशैं मनाउन घर (भोजपुर) जाने योजनामा छन् तर त्यसको लागि उनी मौसम विचार गर्दैछन् ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो टीका लगाउदैनन् । बुबाको निधनपछि टीका लगाउन छाडेको ७र८ वर्षै भएको उनी बताउँछन् । त्यसैले आफन्त भेटघाट, खानपानमा दशैं बित्ने उनले बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की बिराटनगर र झापामा दशै मनाउदैछन् ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेको दशैं टीकाअघि र पछि शुभकामना आदान(प्रदान र भेटघाटमा बित्ने बताउँछन् ।
उद्योग वन पर्यटन तथा बातावरण मन्त्री जगदीश कुसियैत पनि भेटघाट गरेरै दशै मनाउदैछन् ।

सम्बन्धित खवर