डिजिटल प्रदेशका लागि क्यानसंग प्रदेश १ सरकारको सहकार्य

डिजिटल प्रदेशका लागि क्यानसंग प्रदेश १ सरकारको सहकार्य

आइतबार १९, असोज २०७६
प्रदेश नं.१ सरकार डिजिटल प्रदेशका लागि क्यानसंग सहकार्य गर्न इच्छुक रहेको प्रदेश नं.१ का सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले बताएका छन् । क्यान महासंघ सुनसरीको पदस्थापना तथा सुभकामना आदनप्रदान कार्यक्रममा बल्दै मन्त्रि घिमिरेले सो कुरा बताएका हुन् ।
मन्त्रि घिमिरेले १० बर्ष भित्र विद्यालयलाई किताब मुक्त बनाउने राजनैतिक घोषणा रहेकाले त्यसका लागि पनि क्यानको सहयोग आवश्यक पर्ने बताए ।
क्यान सुनसरीको १३ औँ साधारण सभा तथा ८ अधिबेसनबाट निर्वा्चित कार्यसमितिको पदस्थापना तथा बडा दशैं, शुभ दिपावलिको शुभकामना आदनप्रदान गर्न क्यान सुनसरीले शुक्रबार इटहरीमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रदेश सभासद् लिलम बस्नेत, क्यान केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठ, क्यान प्रदेश १ का अध्यक्ष भबकृष्ण तिम्सिना, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कका लगायत क्यानसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिती रहेका थियो ।
कार्यक्रममा बोल्दै क्यान महासंघ सुनसरीका नव निर्वचीत अध्यक्ष बिशाल बस्तोलाले क्यान महासंघ सुनसरी सरकारलाई सहयोग गर्न तयार रहेको बताए । आजको युगमा प्रबिधिबाट मात्र बिकास सम्भव रहेकाले सरकारले त्यसलाई आत्मसाथ गर्नु पर्ने बस्तोलाले बताए ।

सम्बन्धित खवर