दशैंको पिङ लगाउदा करेन्ट लागेर एकको मृत्यु

दशैंको पिङ लगाउदा करेन्ट लागेर एकको मृत्यु

आश्विन १९, २०७६
झापाको बिर्तामोड नगरपालिका २ स्थित निधि स्कुल नजिकै पिङ लगाउदा करेन्ट लागेर मृत्यु भएको छ ।
ईलामको नाम्सालिङ घर भई हाल उमा गौतमको घरमा डेरा गरी बस्ने ५७ बर्षीय रामलाल रिसालको शनिबार साँझ ५ बजे मृत्यु भएको हो । पिङ थाप्नको लागी हरियो बाँस गाड्ने क्रममा हरियो बासले बिजुलीको तारमा छोई उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर घाईते भएका उनलाई उपचारको लागि विर्ता्सिटि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्यारउन साथ डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सम्बन्धित खवर