पत्रकार राजेन्द्रदेव आचार्यको निधन

पत्रकार राजेन्द्रदेव आचार्यको निधन

असोज १९, २०७६
वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ। एक हप्तादेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका आचार्यको आइतबार बिहानै निधन भएको हो । नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवं समाचार निर्देशक समेत रहेका आचार्यले विभिन्न महाशाखाको नेतृत्व सम्हालेका थिए ।
चार वर्ष अघि नेपाल टेलिभिजनबाट अवकास पाउनुभएका उहाँ त्यसपछि उनी न्यूज २४ टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत थिए । आचार्यको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।
पत्रकारिता विषयका प्राध्यापक समेत रहेका ६१ वर्षीय आचार्य कलेजो रोगबाट पीडित थिए । आचार्यको आमा, श्रीमती तथा एक छोरी छन्।

सम्बन्धित खवर