हसन्दह ढल्केजोवनमा फाइनल समिकरण पुरा, वडा नं. ७ बिजयी

हसन्दह ढल्केजोवनमा फाइनल समिकरण पुरा, वडा नं. ७ बिजयी

पथरी, हसन्दह ढल्केजोवन फुटबलमा फाइनल समिकरण पुरा भएको छ । शुक्रबारको अन्तिम सेमिफाइनल खेलमा वडा नं. ६ लाई ०–३ गोल अन्तरले पराजित गर्दै वडा नं. ७ ले फाइनल यात्रा पक्का गरेको हो ।

निकै उत्कृष्ट खेल प्रदर्शन गरेका दुवै टिमले निकैवटा प्रयासलाई गोलको दिशा दिन सकेनन् । वडा नं ७ का मनिस थारुले एक्लैले २ गोल गरे हुन् । टिमलाई अझ १ गोल थप्दै ऋषिकेश थारुले खेललाई अग्रता दिलाए । खेलको म्यान अफ दि म्याच २ गोल गरेका मनिस थारु घोषित भए । यसअघि वडा नं. ६ ले वडा नं. १ लाई र ७ ले वडा नं. ४ लाई हराउँदै सेमि फाइनल प्रवेश गरेका थिए ।

फाइनल खेल असोज १९ गते आइतबार हुने आयोजकले जनाएको छ । बिजेता टिमले २० केजी र उप–बिजेता टिमले १५ केजी खसी सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर