जिम्बावेले जित्यो त्रिकोणात्मक सिरिज

जिम्बावेले जित्यो त्रिकोणात्मक सिरिज

असोज १७, २०७६
आयोजक सिंगापुरसहित नेपाल र जिम्बावे समिलित त्रिकोणात्मक सिरिज टेस्ट राष्ट्र जिम्बावेले जितेको छ । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा बिहीबार राति भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले सिरिज जितेको हो।
इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले दिएको १६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा र्गयो। जिम्बावेका लागि पिटर मुरले ९२ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै टोनी मुन्योगाले ४४ रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो।
सिंगापुरका लागि सुरेन्द्ररन चन्द्रमोहनले ६६ रनको अर्धशतकीय इनिंस् खेले। टिम डेभिडले ४७ रन बनाए। जिम्बावेका डेनील जिकेलले २ विकेट लिए। जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै सिरिजमा कब्जा जमाएको हो। सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो भयो। आयोजक सिंगापुर ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

सम्बन्धित खवर