पेस्तोलसहित एक पक्राउ

पेस्तोलसहित एक पक्राउ

असोज १७, २०७६ जनकपुरधाम
नलकटुवा पेस्तोलसहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको परिकौली घर भएका २० वर्षीय आनन्द पाठक रहेका छन्।
विशेष सुरक्षा योजनाअन्तर्गत चेकजाँचका क्रममा जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियाबाट पाठकलाई एक थान नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिएका छन् । उनले पाठकमाथि आवश्यक अनुसन्धान भइरहेको पनि बताए।

सम्बन्धित खवर