हिले–लेगुवा सडकमा स्थानीय प्रशासनको चासो

हिले–लेगुवा सडकमा स्थानीय प्रशासनको चासो

आश्विन १७, २०७६
धनकुटार ठेकेदारको ढिलासुस्ती र अविरल वर्षाका कारण हिले–लेगुवा सडक खण्ड पूर्णरूपमा क्षति पुगेपछि स्थानीय प्रशासनले चासो देखाएको छ ।
दैनिक उपभोग्य सामग्री ढुवानी र आवातजावतमा समस्या उत्पन्न भएपछि प्रशासनले चासो देखाउँदै उक्त समस्या समाधान गर्न पहल थालेको छ ।
बुधबार प्रशासनसहित सांसदहरू सहभागी भएर बसेको बैठकमा १३ किलोमिटर सडक खण्डलाई चुस्त बनाउन ठेकेदार कम्पनीलाई उर्दी जारी गरेको छ । सडक सञ्चालनको लागि कञ्चनजङ्घा कन्स्ट्रक्सनले प्रतिवद्धता जनाएको प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले जानकारी दिए ।
सडक निर्वाध रूपमा सञ्चालन गर्ने र तिहारपछि निर्माण बाँकी रहेको काम चैत मसान्तसम्म सिध्याउने गरी ठेकेदार कम्पनीले काम थालेको छ ।
त्यसको अनुगमन भने मध्य पहाडी लोकमार्ग आयोजना कार्यालयले गर्ने निर्णय भएको छ । रुख हटाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
मोटरबाटो हिलाम्मे भएपछि स्थानीय जनप्रतिनिधिहरूको समेत ध्यान आकर्षण भएको धनकुटा–१ का वडाध्यक्ष निरेन तामाङले बताए । बैठकमा प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्य निरन राईलगायतको उपस्थिति रहेको थियो ।
ब्लाष्टखबर

सम्बन्धित खवर