ढल्केजोवन फुटबलमा वडा नं. ३ फाइनल प्रवेस

ढल्केजोवन फुटबलमा वडा नं. ३ फाइनल प्रवेस

पथरी, हसन्दह ढल्केजोवन फुटबलमा वडा नं. ३ फाइनलमा प्रवेश गरेको छ । विहिबार भएको खेलमा वडा नं. ८ लाई १–० गोल अन्तरले पराजित गर्दै ३ ले आफ्नो फाइनल यात्रा पक्का गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकोपछि अतिरिक्त १० मिनेटको खेल खेलाउने सहमती भएको थियो । थप १० मिनेटको खेलमा अन्तिम अतिरिक्त समयको १० मिनेटमा वडा नं. ३ का खेलाडी झलक खड्काले गोल गरेपछि वडा नं. ३ ले नतिजा आफ्नो पोल्टामा पार्न सफल भयो । यस अघि पटक पटक पोस प्रहार गरेको वडा नं. ३ ले गोल गर्न सकेको थिएन ।

खेल अवधिभर ड लाई दवावमा राखेको ३ ले नतिजाका लागि अतिरिक्त समय नै पर्खनु प¥यो । त्यसो त वडा नं. ८ ले पनि निकै आकर्षक खेल पस्तुत गरेको थियो । आफ्ना निकैवटा प्रयासहरु गोलमा परिणत गर्न नसकेपछि अन्त्यमा नतिजा वडा नं. ३ लाई नै सुम्पिन बाध्य भयो । आजको खेलको म्यान अफ ,सद म्याच गोलकर्ता खड्का नै घोषित भए । भोलीको दोस्रो सेमिफाइनल खेल वडा नं. ७ र ६ बिच हुने अध्यक्ष डेविट खड्काले जानकारी दिए । आजको विजेताले फाइनलमा भोलीको बिजेता टिसंग खेल्ने छ ।

यसअघि वडा नं. ७ ले वडा नं. ४ लाई र वडा नं. ६ ले वडा नं. १ लाई पराजित गरेर सेमि फाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेल १९ गते अष्टमीका दिन हुनेछ ।


सम्बन्धित खवर