वैकिङ् प्रणालीमा भत्ता लिन झनबढी सास्ती

वैकिङ् प्रणालीमा भत्ता लिन झनबढी सास्ती

पथरी, अब जम्मा २ दिन देखि दशैँ विदा भन्दै बैंक बन्द हुन्छन । दशैँमा राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले दशैँमा यो टारौला, त्यो टारौला भनेर बसेका वृद्दहरु यति वेला विहानै देखि सुरक्षा भत्ता लिन बैंक अगाडि लाइनमा उभिएका छन तर कति समय पश्चात् भत्ता हात लाग्ने टुङ्गो छैन । यो दृश्य हो, मोरङ्गको पथरी शनिश्चरे नगरपालिका १ मा रहेको प्राइम बैंकको ।

केही दिन अगाडी मात्रै कन्काइ बैंकलाई आफुमा मर्ज गराएको प्राइम बैंकले भत्ता वितरणमा ढिलाई गरेसँगै दशैँ अगाडि भत्ता हात नलाग्ने हो कि भन्ने चिन्ता स्थानिय वृद्धहरुमा रहेको छ । नगरमा रहेको १० वडाहरु मध्ये ७ वडाका नगरिकहरुले समाजिक सुरक्षा भत्ता समयमा नै पाइसकेको अवस्थामा वडा नम्बर ४,९ र १० को भत्ता वितरणमा बैंकको निजि कारणले हिजो बाट मात्र भत्ता वितरण शुरु गरिदा स्थानियले सास्ती पाएका हुन ।

अन्य वडाहरुमा एक एक वटा छुटटै बैंक निर्धारण गरिएको भएता पनि प्राइमको भागमा ३ वटा वडाहरु रहेकाले त्यसै पनि भत्ता बितरणमा समस्या हुने गरेको अवस्थामा यस पटक ढिला भत्ता वितरण शुरु गर्नाले सास्ती दोब्बर बनाएको छ । बैंक मर्जरमा गएकाले चेक तयार गर्न समय लागेकाले समस्या उत्पन्न भएको सोही बैंकका शाखा व्यवस्थापक अनिस अधिकारी स्विकार्छन । अर्को पटकदेखी भत्ता वितरणमा कुनै समस्या नहुने अधिकारीको दावी छ । शाखा व्यवस्थापक अनिस अधिकारीको वाईट एक हप्तादेखि राज्यले दिएको सामाजिक सुरक्षावापतको रकम बुझ्न लठ्ठी टेक्दै र थरथर काम्दै ज्येष्ठ नागरिकहरू बैंकमा धाउदा पनि अझै पाउन सकेका छैनन् । देश अहिले संघिय व्यावस्था अनुसार ३ तहमा विभाजन भएको छ तिन तहको सरकारले देशको विकासको खाका कोरीरहेको अवस्थामा पनि, पुरानो राज्य व्यावस्था छिचोलेर आएका वृद्धहरु भने नया राज्य व्यावस्थामाथि पनि विस्वास गर्न सकिरहेका छैनन् । पहिला पहिला राज्यले दिदै आएको सामाजिक सुरक्षा भत्तामा भएको कर्मचारीहरुको बेईमानीका कारण पनि अहिले बृद्धहरु आधुनिक बैककिङ प्रणालीलाई पनि विस्वास गर्न सकिरहेका छैनन् ।

पुरानो डरका कारण अहिले पनि उनिहरु आफ्नो भत्ता आएको थाहा पाउने वित्तिकै सवै थोक छोडेर दिन भर घाम पानी नभनी भत्ता लिन बैकमा लाईनमा वस्न वाध्य छन् । स्थानिय सरकार आउनु भन्दा अगाडी केन्दि«य सरकारले व्यावस्थापन गर्दा सरकारका प्रतिनिधि हरुको बेईमानीका कारण बृद्धहरुमा पैदा भएको संङका र डरको उपजका कारण वृद्धहरुले बैक प्रति विस्वास गर्न नसकेको स्थानिय जेष्ठ नागरीक लक्ष्मी वहादुर पौडेल बताउछन् । समाजममा रहेका जेष्ठ नागरिकको नेतृत्व गरेर अगाडी बढेका नागरिक अभियान्ता, स्थानिय जन प्रतिनिधि, उच्च तह र तप्कामा बसेर समाजको नेत्तृत्व गरेर बसेका व्याक्तिहरुले बृद्धहरुलाई बैकमा जम्मा भएको रकम हराउदैन भनेर विस्वास दिलाउन सक्ने हो भने यस्ता समस्या कम हुने देखिन्छ दुई तीन तले बिल्डिङ चढेर जनतन बैंकमा खुइया गर्दै ज्येष्ठ नागरिक त पुग्छन् तर अपेक्षा लिएर आएका उनिहरु तैसै फर्किन वाध्य छन् । मलिन स्वरमा प्रतिउत्तरमा उनीहरूले बैंकमा पैसा आएकै छैन, यो यहाँ होइन अन्यत्र जानुस अहिले पैसा नै छैन, पालो पर्खनुस जस्ता उत्तर हरुले बृद्धहरु निराश भएका छन् । सम्बन्धित निकायले बृद्धहरुलाई उनिहरुले पाउने पैसाको वारेमा उचित सरसल्लाह दिन सके यहिले खेप्दै आएको दुख भोग्नु नपर्ने थियो । सम्बन्धित वडाहरुले वैंक कर्मचारी वडा वडामा खटाएर भक्ता वितरण गर्नुपर्ने आवश्यकता देखिएको छ । पिडितहरुले वडामा हुदा भन्दा बैंकमा झन सास्ती खेप्नु परेको बताउदै आएका छन् ।

सम्बन्धित खवर