प्रदेश सरकारले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा ल्याउने

प्रदेश सरकारले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा ल्याउने

१६ आश्विन २०७६, बिहीबार
अपाङ्गता जन्मदर न्यूनीकरण गर्ने गरि प्रदेश सरकारले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा ल्याइएको प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमीरेले बताएका हुन् ।
सुनसरीको इटहरीमा प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमसम्बन्धी अभिमुखिकरण कार्यक्रममा मन्त्री घिमिरेले अपाङ्गता जन्मदर न्यूनीकरणका लागि प्रदेश सरकारले पहल थालेको प्रस्ट्याए ।
अपाङ्गता न्यूनीकरण रोकथाम, अपाङ्गता जन्मदर घटाउने जस्ता विषय केन्द्रीत भएर प्रदेश सरकारले पहिलो चरणमा सुनसरी, मोरङ, धनकुटा र पाँचथरका २७ गाउँपालिकाहरुमा कार्यक्रम सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको मन्त्री घिमीरेले जानकारी दिए ।
छनोटमा परेका स्थानीय तहहरुमा प्रदेश सरकारको तर्फबाट ३३ प्रतिशत, करुणा फाउण्डेसनबाट ३३ प्रतिशत र स्थानीय सरकारबाट ३३ प्रतिशत खर्च बेहोर्ने गरी अपागंतासम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी गराइयो ।
कार्यक्रमका विषयमा छनोटमा परेका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरु सहभागी कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बीरबहादुर राई , करुणा फाउण्डेसन नेपालका दिपकराज सापकोटा, योगेन्द्र गिरीलगायतका अपागंता रोकथाम, जन्मदर घटाउने, हक अधिकार संरक्षण लगायतका विषयमा सहजिकरण गरे ।

सम्बन्धित खवर