विराटनगरमा हुलक प्रबिधि बारे छलफल, हुलाकलाई समय सापेक्ष परिमार्जन हुनु पर्ने

विराटनगरमा हुलक प्रबिधि बारे छलफल, हुलाकलाई समय सापेक्ष परिमार्जन हुनु पर्ने

१६ आश्विन २०७६,
हुलाक सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाएर लैजानु पर्ने विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
विश्व हुलाक दिवसका अवसरमा विराटनगरमा क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् नेपाल ब्रोकास्टीङ एशोसिएशन प्रदेश नंवर १ का अध्यक्ष सन्देशदास श्रेष्ठले हुलाक सेवाले समय सापेक्ष र प्रतिस्पर्धी बनाउन उच्चतम प्रविधिलाई प्रयोग गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
हुलाक निर्देशनालयका प्रमुख सोमप्रसाद भट्टराईले हुलाक निर्देशनालयले स्रोत , साधनको अभावमका काम गरिरहेको बताए । हुलाक सेवालाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने पुरानो माध्यामको रुपमा लिइन्छ । सूचना र संचारको आवश्यकतालाई महशुस गरेर सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो ।
नेपालले भने सन् १९५६ मा यसको सदस्यता लिएको थियो । विश्व हुलाक संघको सदस्यता लिएसँगै नेपालले पनि विश्व हुलाक दिवस मनाउँदै आएको छ ।

सम्बन्धित खवर