इनरुवाको एक जुवाखालबाट एक लाख नगदसहित आठ जुवाडे पक्राउ

इनरुवाको एक जुवाखालबाट एक लाख नगदसहित आठ जुवाडे पक्राउ

बिहीबार १६, असोज २०७६
इनरुवा बजारको एक जुवाखालमा मंगलबार साँझ सुनसरी प्रहरीले छापा मारेको छ ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरे लगत्तै सुराकीको आधारमा इनरुवा–१ स्थित किरण सुवेदीको घरमा लामो सञ्चालित रहेको जुवाखालमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले छापा मारेको हो ।
प्रहरीको निगरानीमा रहेको जुवाखालबाट खालका सञ्चालक किरण सुवेदीसहित आठ जना जुवाडेहरुलाई १ लाख ५ हजार नगदसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा कुमार सुवेदी, शंकर यादव, मुकेश यादव, अशोक कर्ण, विरेन्द्र चौधरी भोर, बिनित भगत, सन्तोष भगत रहेका छन् ।
चाँडवाडको मौका छोपेर जुवाजन्य खेल हुन थालेको सूचना प्राप्त भएपछि इनरुवा तथा आसपासका क्षेत्रहरुमा प्रहरीले सादा पोशाक तथा मोवाईल टोली परिचालन गरी विशेष निगरानी गरिरहेको छ ।
प्रहरीले छापा मारे लगत्तै जुवाखालबाट ठूलो रकम जोगाउन भाग्नेक्रममा एक जुवाडेको छतबाट हाम्फाल्दा खुट्टा भाच्चिएको र अर्का जुवाडेसमेत सख्त घाईते भएको स्थानीयहरुले बताएका छन् । भाग्नेहरुले ठूलो रकम लिएर गएको उनीहरुको आशंका छ ।

सम्बन्धित खवर