असोज १६, २०७६
सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी वल नेपालको बोर्डर आउट पोष्टविस्तार गरिदै आए पनि सीमा स्तम्भ हराउन भने रोकिएको छैन । गृह मन्त्रालयको तथ्यांक ८ हजार ५५३ वटा सीमा स्तम्भ हुनु पर्नेमा दुई हजार ७१६ स्तम्भ गायव छन्।
नेपाल(भारत सीमा जोडिने स्थानमा ४५७ वटा सीमा स्तम्भ मात्रै राम्रो अवस्थामा रहेका छन् भने एक हजार ५५६ बढी क्षतिग्रस्त र दुई हजार ८१९ सामान्य क्षतिग्रस्त अवस्थामा रहेका छन्। हराएपछि बनाउने भनेका ४३७ वटा सीमा स्तम्भ बनाउने काम अघि बढेको छैन
भने ४९६ मा निरीक्षणसमेत भएको छैन । नापी विभागका अनुसार भारतसँग नेपालको एक हजार ८८० र चीनसँग एक हजार ४१ किलोमिटर सीमा जोडिएको छ । भारत तर्फका विभिन्न सीमास्तम्भ कारणवश हराए पनि त्यसका प्वाइन्टबार विभाग जानकारी रहेको नापी विभागले जनाएको छ ।
