राजेन्द्र महतो, लहान
सिरहाको धनगढी नगरपालिकाबाट सिरहा प्रहरीले करीब १७ सय गाँजाको बिरुवा फडानि गरी नष्ट गरेका छन् ।
विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बिष्णुपुर कट्टि सिरहाबाट खटिएको गस्ती टोलिले सिरहाको धनगढी नगरपालिका १२ सिमल टोकि गाउ स्थित अबैध रूपमा घरको वरिपरि करेसाबारीमा लगाइएको करीब १७ सय गाँजाको बोट उखेलेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
त्यस्तै गत १२ गते ईलाका प्रहरी कार्यालय गोलबजारले सिरहाको गोलबजार नगरपालिका–७ कदिमाटोलमा समेत करिब एक विगाहा क्षेत्रफलमा लगाइएको पाँच हजार गाँजाका विरुवा उखेलेर नष्ट गरेका थिए ।
नेपालमा एक किलो गाँजा १ हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताइन्छ । भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरे पाइन्छ। नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई नै गाजा रोप्न अग्रिम रकम दिने गरेको बताइन्छ।





