हसन्दह ढल्केजोवनमा पहिलो चरणका खेल सकिए, वडा नं. ६, ३, ८ र ७ सेमिफाइनलमा

हसन्दह ढल्केजोवनमा पहिलो चरणका खेल सकिए, वडा नं. ६, ३, ८ र ७ सेमिफाइनलमा

पथरी, हसन्दह ढल्केजोवन फुटवलमा पहिलो चरणका खेलहरु सकिएका छन् । बुधबार पहिलो चरणका २ खेल भएसंगै सेमिफाइनलका लागि वडा नं. ६, ३, ८ र ७ खेल्ने पक्का भएको हो ।

आजको पहिलो खेलमा वडा नं. ९ लाई वडा नं. ८ ले २–० गोल अन्तरले पराजित ग¥यो । ९ नं. वडालाई पराजित गरेसंगै ८ नं. वडा सेमिफाइनलमा पुगेको छ । टिमलाई जित दिलाउनका लागि वडा नं. ८ का खेलाडी बुद्ध राई र कृष्ण मण्डलले १/१ गोल गरे । उत्कृष्ट गोलको बचाउ गरेका गोल रक्षक लोक बहादुर खड्का म्यान अफ दि म्याच घोषित भए ।

यस्तै आजै भएको दोस्रो खेलमा वडा नं. ७ ले ४ लाई २–१ गोल अन्तरले पराजित ग¥यो । वडा नं. ७ का खेलाडी उमेश कार्की र मनिष थारुले १/१ गोलको योगदान गरे । खेल अवधिभर निकै दवावमा रहेको वडा नं. ४ ले पहिलो हाफमा नै १ गोल गरेको थियो । तर दोस्रो हाफमा वडा नं. ७ ले पूनः गोल गर्न सफल भएपछि नजिता वडा नं. ७ को पोल्टामा प¥यो । खेल अवधिभर उत्कृष्ट डिफेन्स गरेका खेलाडी मधुलाल उराव म्यान अफ द म्याच घोषित भए । यसअघि वडा नं. ४ ले वाइ पाएको थियो भने वडा नं. ७ ले वडा नं. ५ लाई ११–१ गोल अन्तरले बिजयी भएर आएको हो ।

भोली (बिहिबार) देखि सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाइनल खेल वडा नं. ३ र ८ बिच हुनेछ । फाइनल खेल असोज १९ गते अष्टमीका दिन हुने आयोजकले जनाएको छ ।


 

सम्बन्धित खवर