जम्मू–कश्मीरमा ः १४४ बालबालिकालाई हिरासतमा राखिएको खुलासा 

जम्मू–कश्मीरमा ः १४४ बालबालिकालाई हिरासतमा राखिएको खुलासा 

 

कश्मीरमा १ सय ४४ जना बालबालिकालाई पक्राउ गरी हिरासतमा राखेको खुलासा भएको छ ।

जम्मू कश्मीर किशोर न्याय समितिले सर्वोच्च अदालतमा पेश गरेको प्रतिवेदनमा बालबालिकाहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख छ । भारतको संविधानको धारा ३७० खारेज गरेर विशेष राज्यको हैसियत खोसेपछि ९ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई हिरासतमा लिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

भारतले गत साउनमा संविधानको धारा ३७० खारेज गर्नुअघि त्यहाँ सैन्य बल परिचालन गरी धरपकड समेत गरेको थियो । कश्मीरका नेतालाई नियन्त्रणमा लिनुका साथै सर्वसाधारणलाई पनि ज्यादती गरेको घटना बाहिएका थिए ।

सो क्षेत्रमा सञ्चारका साधन विच्छेद गरिएका थिए भने इन्टरनेट सेवासमेत बन्द गराइएको थियो । त्यसयता जम्मु कश्मीरको अवस्था सहज बन्न सकेको छैन ।

सम्बन्धित खवर