हसन्दह ढल्केजोवन पूनः सुरु आजको खेलमा वडा नं. ३ र ७ बिजयी

हसन्दह ढल्केजोवन पूनः सुरु आजको खेलमा वडा नं. ३ र ७ बिजयी

पथरी, निरन्तरको वर्षातका कारण स्थगित गरिएको हसन्दह ढल्केजोवन फुटबल पूनः आज (मंगलबार) देखि सुरु भएको छ । आजको पहिलो खेलमा वडा नं. ३ ले वडा नं. २ र दोस्रो खेलमा वडा नं. ७ ले वडा नं. ५ लाई पराजित गरेको छ ।

पहिलो खेलमा वडा नं. ३ ले २ लाई ४–१ गोल अन्तरले पराजित गरेको छ । वडा नं. ३ का तर्फबाट महेन्द्र थापा र अमर धिमालले २/२ गोल गरेर टिमलाई जित दिलाएका हुन् । वडा नं. २ ले सान्तवना १ गोल फर्काएको थियो । २ का तर्फबाट निर्मल धिमालले दोस्रो हाफमा १ गोल गरेका हुन् । पहिलो खेलको म्यान अफ दि म्याच महेन्द्र थापा घोषित भए ।

यस्तै आज नै भएको दोस्रो खेलमा वडा नं. ७ ले वडा नं. ५ लाई पराजित गरेको छ । वडा नं. ७ ले ११ गोल गर्दै फराकिलो गोल अन्तर ११–१ गोल अन्तरले वडा नं. ५ लाई पराजित ग¥यो । ७ का खेलाडी मनिस चौधरी र उमेश कार्कीले ४/४ गोल गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेको वडा नं. ७ ले पहिलो हाफमा नै ७ गोल गर्न सफल भएको थियो । वडा नं. ७ का मनिष चौधरी म्यान अफ दि म्याच घोषित भए ।

भोलीको पहिलो खेल दिउसो १ बजे वडा नं. ८ र ९ बिच हुनेछ भने दोस्रो खेल वडा नं. ४ र ७ बिच दिउसो ३ बजे हुनेछ । यसअघि वडा नं. ४ ले वाइ पाएको थियो । आजको बिजेता वडा नं. ७ संग भोली वडा नं. ४ ले खेल्न लागेको हो ।

असोज १० गतेबाट सुरु भएको खेल निरन्तरको वर्षातका कारण स्थगित गरिएको थियो । हिजोदेखि मौषममा सुधार आएका कारण आजबाट खेल निरन्तर गरिएको आयोजकले जनाएको छ । यसअघि १८ गते फुलपातीका दिन फाइनल खेल गर्ने तय गरिएको भएतापनि मौषमको खराबीका कारण खेल हुन नसकेपछि फाइनल खेल १९ गते अष्टमीका दिन गर्ने तयारी रहेको अध्यक्ष डेविट खड्काले जानकारी दिए ।


सम्बन्धित खवर