ज्येष्ठ नागरिक दिवशका अवसरमा पथरीका जेष्ठ नागरिकका गनासै गुनासा

ज्येष्ठ नागरिक दिवशका अवसरमा पथरीका जेष्ठ नागरिकका गनासै गुनासा

पथरीशनिश्चरे, १४ असोज

मोरङको पथरीशनिश्चरे नगरका ज्येष्ठ नागरिकहरुले सरकारले प्रदान गरेको सुविधा सहज उपलब्ध नभएकोप्रति गुनासो गरेका छन् ।

नगरपालिका कार्यालयको सहयोगमा ज्येष्ठ नागरिक समन्वय समाज नगर समितिले अन्तरराष्ट्यि ज्येष्ठ नागरिक दिवशका अवसरमा आज आयोजना गरेको कार्यक्रमका सहभागि ज्येष्ठ अगुवाहरुले त्यस्तो गुनासो गरेका हुन् ।

‘उमेरका कारण विभेद अन्त्यको यात्रा’ नारा दिइएको कार्यक्रममा ज्येष्ठ नागरिक समन्वय एकता केन्द्रका केन्द्रीय उपाध्यक्ष भूवनेश्वर पोखरेल, १ नम्वर प्रदेश सचिव कृष्णप्रसाद घिमिरे, समन्वय समाजका नगर अध्यक्ष नेत्रप्रसाद दहाल, सचिव रमेशप्रसाद दहाल सहितले त्यस्तो गुनासो गर्नुभयो ।

उहाँहरुले ज्येष्ठका लागि यातायातको भाडामा ५० प्रतिशत छुटको अधिकार रहेकोमा बसहरुले छुट नदिने गरेको तथा बैंकहरुमा लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिन समेत ज्येष्ठका लागि सकस भएको जनाउनु भएको छ । आफ्ना सन्तानको आम्दामीको १० प्रतिशत रकम आमाबुबाको लागि छुट्याउने कानूनी प्रावधान बन्नु पर्नेमा पनि उहाँहरुको जोड छ । ज्येष्ठहरु बृद्धाश्रममा पुग्नुपर्ने परिस्थिती दिनदिनै बढिरहेको अवस्थामा अग्रजलाई सधैं सम्मान गर्ने भावनात्मक तथा व्यवहारिक सन्देश दिनु ज्यादै आवश्यक रहेको पनि उहाँहरुले उल्लेख गर्नुभयो ।

कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले ज्येष्ठका अधिकारलाई व्यवहारमा कार्यान्वयमा जोड दिनु भयो । साथै कमल दहालले ज्येष्ठ अवस्थामा पुग्दाको पीडा बारे गीत प्रस्तुत गर्नुभयो । पथरी चोकबाट नारा लगाउँदै र्याली सहित ज्येष्ठहरु कार्यक्रममा सहभागि भएका थिए ।

सम्बन्धित खवर