सुदूरपश्चिमका सीमा नाका ३ दिन बन्द हुने

सुदूरपश्चिमका सीमा नाका ३ दिन बन्द हुने

असोज १४, २०७६
भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका नाकाहरू ३ दिन बन्द हुने भएका छन्। भारतमा रहेको झुलाघाट जिल्ला र धार्चुलामा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै सुदूरपश्चिमका सीमा नाका तीन दिन बन्द हुन लागेका हुन्।
पहिलो चरणमा भारतको झुलाघाटमा अक्टोबर ५ तारेखका दिन निर्वाचन हुने भएपछि बैतडीको भारतसँग जोडिएको झुलाघाट नाका यही असोज १६ गतेदेखि १८ गतेसम्म बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।
असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीनदिन अन्तर्रा्ष्ट्रिय सीमा (पुल) बन्द हुने उनले बताए। दशैँमा सीमानाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ।
यस्तै दोस्रो चरणमा दार्चुलाको सीमापारि रहेको धार्चुलामा पनि निर्वाचन हुने भएकोले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म धार्चुलानाका पनि बन्द हुने जनाइएको छ। आकस्मिक रुपमा निर्वाचनको बीचमा पुल खोल्नु परेमा आपसी समझदारीमा खोल्न सकिने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित खवर