दशैँको टिका लगाउने साइत कुन देशमा कतिबजे ?

दशैँको टिका लगाउने साइत कुन देशमा कतिबजे ?

हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले २०७६ सालको बडादसैंमा विभिन्न देशका प्रमुख स्थानका लागि टीका ग्रहण गर्ने उपयुक्त साइत निर्धारण गरेको छ। दशमीको मानका आधारमा अमेरिका र क्यानडामा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूले दसैंको टीका असोज २० गते अर्थात् अक्टोबर ७ तारिख, सोमवार लगाउन उपयुक्त हुन्छ। एसिया, अस्ट्रेलिया, अफ्रिका र युरोपमा भने टीकाको साइत असोज २१ गते अर्थात् अक्टोबर ८ तारिख, मंगलवारलाई निर्धारण गरिएको छ। विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान छ।

विभिन्न स्थानका लागि टीका लगाउने शुभसाइत :

काठमाडौ  नेपाल  ८ अक्टोबर २०१९  प्रातः १०ः३५ बजे
देहली  भारत  ८ अक्टोबर २०१९  प्रातः १०ः१९ बजे
न्युयोर्क  अमेरिका  ७ अक्टोबर २०१९  प्रातः ११ः२१ बजे
केन्टुकी  अमेरिका  ७ अक्टोबर २०१९  प्रातः ११ः५५ बजे
टेक्सास  अमेरिका  ७ अक्टोबर २०१९  प्रातः ११ः२७ बजे
क्यालिफोर्निया  अमेरिका  ७ अक्टोबर २०१९  प्रातः ११ः०५ बजे
टोरन्टो  क्यानडा  ७ अक्टोबर २०१९  प्रातः ११ः४५ बजे
टोकियो  जापान  ८ अक्टोबर २०१९  प्रातः ९ः५१ बजे
वेलिङ्टन  न्युजिल्यान्ड  ८ अक्टोबर २०१९  प्रातः ९ः११ बजे
सिड्नी  अस्ट्रेलिया  ८ अक्टोबर २०१९  प्रातः ८ः०५ बजे
मेलबर्न  अस्ट्रेलिया  ८ अक्टोबर २०१९  प्रातः ८ः२१ बजे
ब्रिसबेन  अस्ट्रेलिया  ८ अक्टोबर २०१९  प्रातः ९ः०० बजे
क्वालालम्पुर  मलेसिया  ८ अक्टोबर २०१९  प्रातः १०ः२१ बजे
सिंगापुर  ८ अक्टोबर २०१९  प्रातः १०ः२१ बजे
बैंकक  थाइल्यान्ड  ८ अक्टोबर २०१९  प्रातः ९ः४५ बजे
हङकङ ८ अक्टोबर २०१९  प्रातः १०ः०१ बजे
सियोल  दक्षिण कोरिया  ८ अक्टोबर २०१९  प्रातः १०ः४१ बजे
रियाद  साउदी अरेबिया  ८ अक्टोबर २०१९  प्रातः ९ः३५ बजे
दोहा  कतार  ८ अक्टोबर २०१९  प्रातः १०ः१६ बजे
अबुधावी  यूएई  ८ अक्टोबर २०१९  प्रातः १०ः०१ बजे
तेल अभिभ  इजरायल  ८ अक्टोबर २०१९  प्रातः १०ः४५ बजे
लिस्बन  पोर्चुगल  ८ अक्टोबर २०१९  प्रातः ९ः११ बजे


सम्बन्धित खवर