चन्द्र कटुवालको ‘सिपाहीको डायरी’ उपन्यास बजारमा

चन्द्र कटुवालको ‘सिपाहीको डायरी’ उपन्यास बजारमा

उपन्यासकार चन्द्र कटुवालद्वारा रचित ‘सिपाहीको डायरी’ बजारमा आएको छ ।

सिपाहीको डायरीलाई पूर्व प्रधानसेनापति रुक्माङगद कटुवालले शनिबार विमोचन गर्नुहुँदै एक बहादुर सिपाहीले युद्धमा भोगेका जीवनलाई अक्षरमा उतार्नु चानचुने कुरा नभएको बताउनुभयो ।

सिपाहीमा पनि अब्बल रहनुभएका कटुवालले नेपाली साहित्यमा पनि उल्लेखनीय योगदान दिन सकून भनेर पूर्व प्रधानसेनापति कटुवालले शुभकामना दिनुभयो ।

विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तथा लेखक मोतिराज बम, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका सहप्रध्यापक रोहिणीराज तिमिल्सिना, पतंजली योगसमिति नेपालका केन्द्रीय सदस्य लोकनाथ खनाल, काठमाण्डौ जिल्लाका सहायक जिल्ला प्रमुख अधिकारी कृष्णबहादुर कटुवाल, वरिष्ठ समालोचक आस्विनि कोईराला लगायतले उपन्यासबारे चर्चा गर्नुभएको थियो ।

देशमा चलेको सशस्त्र द्वन्द्वको बेलामा नेपाली बहादुर सेनाको रुपमा रहँदा आफूले भोगेका यथार्थपरक घटनालाई उपन्यासकार कटुवालले डायरीमा सजीवन चित्रण गर्नुभएको छ ।

राष्ट्रियता, सेनाको अनुशासन, ब्यक्तिगत जीवन, माया प्रेम र पुनर्जन्मलाई उपन्यासकार कटुवालले सटिक रुपमा डायरीमा उतार्नुभएको छ ।

सशस्त्र द्वन्द्वको अन्तिम युद्धको रुपमा रहेको कालिकोटको पिली आक्रमणमा भmण्डै मृत्युको मुखमा परेर बाच्नुभएका सिपाही कटुवालको किरियासमेत भएको थियो ।

उपन्यासकार कटुवालले देशमा शान्ति प्रक्रिया थालनीसँगै नेपाली सेनामा आठवर्ष जागिर छोडी अहिले योग र महिला विषयमा विद्यावारिधि गर्दै हुुनुहुन्छ ।
गोरखापत्रबाट

सम्बन्धित खवर