सभामुख महराले बलत्कार गरे ः महिला कर्मचारी

सभामुख महराले बलत्कार गरे ः महिला कर्मचारी

सभामुख कृष्णबहादुर महराले चरम यातना दिइदिइ बलत्कार गरेको एक महिलाले आरोप लगाएकी छन् । संसद सचिवालयमै कार्यरत ती महिलाले सभामुख महराले रक्सीको मातमा आफूमाथि चरम यातना दिएर जवरजस्ती बलत्कार गरेको आरोप लगाएकी हुन् ।

दशैँको घटस्थापनाका दिन आइतबार साँझ आफ्नो कोठामा आएर सभामुख महराले रक्सीले मातिएर आफूमाथि अभद्र र अश्लील हर्कत मच्चाएको ती महिलाले आरोप लगाएकी हुन् । एक संचार माध्यममा अन्तर्वाता दिइरहेको समयमा समेत महराले फोन गरेर कुनैपनि मिडियामा नबोल्न पटकपटक भनेका छन् ।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ कोठामा आएर यस्तो हर्कत गरेको आरोप लगाएकी हुन् ।

सभामुख महराले आफूमाथि रिस पोख्न यौन दुर्व्यवहारको आरोप लगाइएको बताएका छन् । सभामुख महराले भने, ‘उहाँले समायोजनको रीस पोख्नुभएको हो, उहाँले भनेजस्तो होइन ।’

सभामुख महराले आफूमाथिको आरोप निराधार भएको बताए । सभामुख महराको सचिवालयले भने सबै झुटो रहेको दाबी गर्दै विज्ञप्ती नै सार्वजनिक गरेको छ । विज्ञप्तीमा सबैकुरा ति महिलाले भनेजस्तो नभएको र महरा सो दिन बाहिर कतै घुम्न वा भेटघाटमा समेत ननिस्केको बताइएको छ ।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली महतले जारी गरेको प्रेस विज्ञप्ती


सम्बन्धित खवर