१३ आश्विन २०७६, सोमबार
सरकारले दशैँको मुखमा बीपी राजमार्गमा दस्तुर संकलनको काम सुरु गरेको छ। बढ्दो सवारी चापका कारण सडकको अबस्था जीर्ण बन्दै गएपछि सरकारले मर्मत गर्नका लागि बीपी राजमार्गमा दस्तुर उठाउन थालेको छ ।
सडक विभागअन्तर्गतको सडक बोर्डले तीनपटक तस्तुर संकलनका लागि सूचना प्रकाशित गरे पनि ठेक्का नलागेपछि राजमार्गको चार ठाउँमा ढाट राखेर तस्तुर संकलन गर्न थालिएको हो।
सडक बोर्डले बीपी राजमार्गको धुलिखेल, खुर्कोट, खनियाखर्क र बर्दिबास सडकलाई दुई खण्डमा विभाजन गरेर दस्तुर उठाउन कर्मचारी परिचालन गरेको छ ।
राजमार्गमा सञ्चालन हुने सवारी साधनलाई तीन तहमा वर्गीकरण गरेर दस्तुर तोकिएको छ । ठूला गाडीलाई १२५ रुपैयाँ, साना सवारीलाई ५० रुपैयाँ र तीन र दुई पांग्रे सवारीसाधनलाई १५ रुपैयाँ दस्तुर नर्धारण गरिएको सडक बोर्डका निर्देशक सागर ज्ञवालील जानकारी दिए। बोर्डले दुई वर्षमा ३८ करोड दस्तुर उठाउने लग्क्ष राखेको छ ।
आवर बिराटनगर