विराटनगरको पुष्पलाल चोक–गछिया सडक स्तरोन्नति, लालबाबुले गरे सिलान्यास

विराटनगरको पुष्पलाल चोक–गछिया सडक स्तरोन्नति, लालबाबुले गरे सिलान्यास

१३ आश्विन २०७६, सोमबार
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् ।
मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान्वयनसँगै जनताका चाहना र आवश्यकतालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए ।
उनले विकास निर्माणले जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सडक कालोपत्रे गरेपछि यहाँका किसानले उत्पादन गरेको कृषि उपज बजारमा सहजताका साथ पुग्नुका साथै उत्पादनमा वृद्धि हुने बताए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार निर्माण सडक सञ्चार सुधारअन्तर्गत दुई वर्षको अवधिभित्र स्तरोन्नतिको कामसक्ने गरी ‘मृतसञ्जीवनी जेभिले ५२ करोडमा ठेक्का लिएको हो ।
ओबि

सम्बन्धित खवर