आश्विन १३, २०७६
सरकारले आज ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्दैछ । राजधानीको राष्ट्रिय सभा गृहमा आज आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।
देशभर निजी तथा सार्वजनिक शौचालय निर्माण र सरसफाइका क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको दाबी गर्दै राष्ट्रिय उत्सवकै रूपमा मुलुकलाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको खानेपानी मन्त्री बिना मगरले बताउनुभयो ।
सरकारले सन् २०११ देखि जिल्लाहरूलाई क्रमशस् खुला दिसामुक्त घोषणा गर्न थालेको थियो । सबै जिल्लामा यस्तो घोषणा भइसकेको जानकारी दिादै मन्त्री मगरले अभियानमा सबैले सघाएकाले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सकिने अवस्था बनेको मन्त्रालयको भनाई छ ।
खानेपानी मन्त्रालयका अनुसार मुलुकभर ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय छन् ।
