नवरात्रीको दोश्रो दिन, ब्रम्हचारिणीको पूजा गरी मनाईदै 

नवरात्रीको दोश्रो दिन, ब्रम्हचारिणीको पूजा गरी मनाईदै 

 

आश्विन १३, २०७६

बडादशैं अन्र्तगत नवरात्रीको दोश्रो दिन आज घरघरमा ब्रम्हचारिणीको पूजा गरी मनाईदैछ । हिजो घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी देवी दुर्गाको आव्हान गरी पूजा आरम्भ गरेको स्थानमा दुर्गा देवीका विभिन्न रुपको नवरात्रभर विधिपूर्वक पूजा गर्ने चलन छ ।

दोश्रो दिन आज काठमाडौका तलेजु भवानी, गुहेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली तथा मुलुकभरका अन्य विभिन्न शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्नेको भीड लागेको छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण गर्ने चलन छ ।

सम्बन्धित खवर