नेकपा कार्यकर्ताको दादागिरी, मिनेन्द्र रिजालको बाटो अवरोध गरे

नेकपा कार्यकर्ताको दादागिरी, मिनेन्द्र रिजालको बाटो अवरोध गरे

काठमाडौं, नेकपाका कार्यकर्ता यतिबेला दादागिरी शैलीमा उत्रिन थालेका छन् । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताले दादागिरी शैलीमा बाटैमा रोकेका छन् । तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुगेका डा रिजाललाई नेकपाका कार्यकर्ताले बाटैमा रोकेका हुन् ।

बाटो अवरोध गर्न आएका नेकपाका कार्यकर्ताले हातमा चिरपट, बियरको बोतल बोकेका थिए । उनिहरुले डा. रिजाललाई आक्रमण गर्न खोज्दै फिर्ता पठाएका थिए ।

गाँउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उद्घाटनका लागि नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेको थियो । सो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो तर नेकपा कार्यकर्ताहरुले आफ्नो गाँउपालिका भवन उद्घाटनका लागि कुरी रहेका जनतालाई निराश पर्दै भवन उदघाटनका लागि जान लागेका रिजाललाई बाटो अवरोध गरेका हुन् ।

‘नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन् ।’ घटनाको भर्त्सना गर्दै नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने,’पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फासीवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भर्त्सना गर्दछु । सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका छन् ।’

सो घटनाका दोषिलाई सरकारले कारवाही नगरेको अवस्थामा कांग्रेसका नेता पूर्वमन्त्री डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने फाँसिवादी शैलीमा अवरोध गरेका हुन् ।

सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुने वरिष्ठ नेता पौडेलले बताए ।

यसअघि नेकपाले बाँके जिल्ला सभापति किरण कोइरालामाथि दोस्रो जागरण अभियानमा आक्रमण गरेको थियो ।



सम्बन्धित खवर