प्रधानमन्त्री ओली गृह नगर आउने कार्यक्रम स्थगित

प्रधानमन्त्री ओली गृह नगर आउने कार्यक्रम स्थगित

झापा, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली यहि असोज १६ गते गृहजिल्ला झापा आउने कार्यक्रम स्थगित भएको छ । झापा क्षेत्र नम्बर ५ का संघीय सांसद सदस्य समेत रहनुभएका प्रधानमन्त्री ओलीले आफना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागि हुन गृह जिल्ला आउने कार्यक्रम तय भएको थियो ।

उहाँ भद्रपुर विमानस्थलबाट गृह जिल्ला आउने र ती कार्यक्रम सम्पन्न पछि त्यसैदिन विराटनगर हुँदै काठमाण्डौ फर्किने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाका अनुसार केहिदिन यता परेको अविरल बर्षा झरीका कारण प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित भएको छ । खराव मौसमले गर्दा उहाँको घोषित कार्यक्रम सवै त्तत्कालका लागि स्थगित भएको थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको समय अनुकुल मिलाएर छिट्टै स्थगित भएका सवै कार्यक्रम तय गरिने समेत बताईएको छ ।

सम्बन्धित खवर