आश्विन १२, २०७६
यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गर्दै यात्रुवाहक सवारी साधनका लागि आजबाट बाटो इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । विभागले आजदेखि आगामी १९ गतेसम्मका लागि इजाजत पत्र खुला गरेको हो ।
चाडपर्वमा उपत्यका आवतजावत गर्ने यात्रुको आगमनलाई सहज र व्यवस्थित बनाउन रुट परमिट खुला गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो।
चाडपर्वको समयमा इजाजत पत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुने हमालले बताउनुभयो । इजाजत पत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज रूपले गन्तव्यमा र्पुयाउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने उहाँले बताउनुभयो ।
यसैबीच यात्रुको आवागमन र ट्राफिक व्यवस्थापनमा थप समस्या ल्याउने भन्दै आजैबाट लागू हुने गरी काठमाडौं भित्रिने ठूला मालबहाक सवारीमा रोक लगाएको छ ।
ठूला सवारी साधन बाटोमा गुड्दा साना सवारी साधनले बाटो नपाउनेलगायत समस्या हुने भन्दै विभागले आजदेखि आगामी १९ सम्मका लागि चितवनको नारायणघाटदेखि नै मालबहाक सवारी आवागमनमा रोक लगाएको हो
