बेलवारी गोल्डकपको फाईलन खेल बर्षाका कारण स्थगित

बेलवारी गोल्डकपको फाईलन खेल बर्षाका कारण स्थगित

१२ आश्विन २०७६,
मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको फाइनल खेल बर्षाका कारण स्थगित भएको छ ।
२ दिनदेखिको निरन्तर बर्षाका कारण शुुक्रवार र शनिवार हुन नसकेपछि १४ गतेलाई सारिएको छ । बर्षाका कारण खेल स्थगित गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिनुभयो । अब फाइनल खेल असोज १४ गते मंगलबार दिउँसो ३.३० बजे हुने आयोजकले वताएको छ ।
उपाधिका लागि धरान फुटबल क्लब र रोयल क्लब वेष्ट बंगाल भिडनेछन । प्रतियोगितामा बिजयी टिमले ५ लाख र उपबिजेताले २ लाख ५० हजार पाउने छन ।

सम्बन्धित खवर