आश्विन १२, २०७६
लिम्बू विद्यार्थी मञ्चको नवौँ राष्ट्रिय महाधिवेशन आज आइतबारदेखि शुरु हुने भएको छ ।
असोज १२, १३ र १४ गते ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने महाधिवेशनको प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो मौसमले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको मञ्चका वरिष्ठ उपाध्यक्ष नितेश सिङ्घकले जानकारी दिए ।
महाधिवेशनमा १३ जिल्लाका ४ सय भन्दा बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा यालाङ, केलाङ, पालम, ख्याली, हाक्पारेलगायतका सांस्कृतिक कार्यक्रमसहित बजार परिक्रमा गर्ने कार्यतालिका रहेको छ