क्वालालम्पुर, मलेशियामा नेपालिहरु माझ निक्कै लोकप्रिय रहेको नेटवर्क ब्याबसाय डिएक्सएन समाजसेवामा पनि उतिकै कृयशिलता देखाईरहेको छ। डाइनमिक एभरेष्ट डाइमन्ड ग्रुप मलेसियालेआफ्नो स्थापना काल देखिनै विभिन्न
जनचेतना मुलक कार्यक्रमका साथै गोष्ठीहरु गर्दै आएको छ ।
आफ्नो ब्याबसाय र मानव सेवालाई पनि सङ्गै अगाडि बढाउनु पर्छ। भन्ने मान्यता बोकेको उक्त डाइनामिक ग्रुपले धेर थोर आफुहरुले सकेको सहयोग दुःखि पीडितहरुको पक्षमा पनि आर्थिक सहयोगको अग्रसरता देखाएको छ ।
जाजरकोटका कालिबहादुर मल्ल, तेह्रथुमका खड्क बहादुर जोगि, स्याङ्जाका ब्लड क्यान्सर पीडित दुई बर्षिया बालिका अनुपा परियार, हास्य कलाकार सुलेमान इकु लगायतका अनगिन्तीलाई सहयोग यो ग्रुपले गरिसकेको छ । गत आइतबार दोस्रो वार्षिकोत्सब सम्पन्न भए लगत्तै पुन पन्चखल ३ काभ्रे कि तुलसा कार्कीलाई समेत सहयोग गरेको छ। जन्मजात दुबै हात छोटो भएकी कार्किलाई सल्यक्रिया गरेर नयाँ हात हाल्नको निमित्त विभिन्न संचार माध्यम मार्फत समाचार आइसके पछी १५ हजार प्रदान गरिसकेको सोही ग्रुपका अध्यक्ष दीपक संघर्षले जानकारी दिएका छन् ।
त्यसैगरी बन्दिपुर ३ कोपिलढुङ्गा मार्ग कास्की पोखराका कृष्ण पौडेलको दुबै मृगौला फेल भइसकेको खबर पाएपछि मृगौला प्रत्यारोपणका लागि समेत आर्थिक सहयोग १५ हजार प्रदान गरेका छ । त्यसो त डीएक्सएन कम्पनी आफैमा बहुराष्ट्रिय नेटवर्किङ कम्पनी हो । यसलार्इ मल्टिलेवल मार्केटिङ अर्थात् गुणस्तर तहको व्यवसाय पनि भनिन्छ ।
सन १९९३ को दशकमा मलेसियाको जित्राकेडा भन्ने क्षेत्रमा विधिवत रुपमै स्थापना भएको हो । कम्पनिले जडिबुटीहरुको राजा रातो च्याउबाट विभिन्न खाद्य पदार्थहरु उत्पादन गर्ने गर्छ । हिमाली क्षेत्रमा पाईने यार्सागुम्बाको मिसावटबाट तयार गरिएको खाद्य बस्तु रोगी वा निरोगी जोसुकैले पनि सेवन गर्न सक्ने गरि निर्माण गरीएको हुन्छ ।
यश स्तरका ब्याबसायलाई ब्यक्तिगत स्तर उन्नतिका लागि भन्दा पनि मानव सेवामा समर्पित भएर काम गर्ने उदेश्य रहेको र यस्तै दुखी पिडितहरुलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत संस्थाका अध्यक्ष दिपक संघर्षले गरेका छन् ।