सरगम संगीतालयले ग¥यो कला प्रदर्शन

सरगम संगीतालयले ग¥यो कला प्रदर्शन

प्रविन बिसि, बिर्तामोड
झापाको बिर्तामोड स्थित सरगम संगितलयले आउदै गरेको वढा दशैँको अवसरमा शनिबार सांस्कृतिक कार्यक्रमको आयोजना गरि कला प्रर्दशन गरेको छ । करिब डेढ बर्ष देखि सामाजिक कार्यमा समरपित संगितलयले गत बर्ष झै यसवर्ष पनि दशै नजिकिदै गर्दा यो कार्यक्रमको आयोजना गरेको संगितालयका प्रबन्ध निर्देशक तथा प्रशिक्षक दिपक रायमाझिले जानकारी दिनुभयो ।

प्रशिक्षक रायमाझिको सभापतित्व तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि बरिष्ठ रचनाकार तथा संगितकार शिव शंकर थापा, मणि बर्देवा लगायत २ सय भन्दा बढिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली पहिचानमा अधारीत बिभिन्न जात जातीहरुका भाषा सस्कृति र मौलिकताको जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको रायमाझिले बताउनु भयो । बिभिन्न जातिय पोशाक लागाएका संगितलयका बिद्यार्थीहरुले बिभिन्न भाषाभाषिका गितहरु प्रस्तुत गरिएका थिए ।

यसै बिच प्रमुख अतिथि प्रसाइले यस्ता कार्यक्रमले सामाजमा सकरात्मक प्रभाब पारेको भन्दै पोशक र भाषालाई सधै सम्मान गर्नु पर्ने बताउनुभयो । नेपाली युवाहरुमा बहिरी फेसनको सिकोले मौलिकतामा असर गरेको भन्दै सस्कृति जोगाउन युवा वर्गनै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरगम बिद्यार्थी मञ्चका अध्यक्ष राम चन्द्र नेपालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा श्राद्धा प्रसाईले स्वागत तथा संचारकर्मी प्रबिन बिसी, कृतिका खतिवडा र एलिना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर