६० कुकुर र ३ विरालोलाई रेविज विरुद्ध खोप

६० कुकुर र ३ विरालोलाई रेविज विरुद्ध खोप

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाका घरपालुवा कुकुर र विरालोलाई निःशुल्क रुपमा रेविज रोग विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ ।

१३ औं विश्व रेविज दिवशका अवसरमा वडा नम्वर ६ स्थित मंगलबारेमा रहेको पशु सेवा केन्द्रमा शनिवार आयोजित निःशुल्क शिविरमा ६० वटा कुकुर र ३ वटा विरालोलाई खोप लगाइएको छ ।

नगर प्रमुख दिलिपकुमार राई, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ सहितले कार्यक्रमको उद्घाटन् गर्दै रेविज खोप लगाएको कार्ड समेत पशुधनीलाई वितरण गर्नुभयो । नगरपालिकाको पशुपंक्षी शाखा एवम् पाराभेटेरीनगरी एण्ड लाइभस्टक एशोसियसन इकाई कमिटीको आयोजनामा शिविर सञ्चालन भएको हो ।

रेविज रोग उन्मुलनका लागि वडा वडामा समेत कुकुर र विरालोलाई खोप लगाउने योजना रहेको शाखाका प्राविधिक पर्वत शाहले वताउनु भयो ।

सम्बन्धित खवर