डेढ वर्षमा २४२ कानुन बनायौँ ः कानुन मन्त्री ढकाल

डेढ वर्षमा २४२ कानुन बनायौँ ः कानुन मन्त्री ढकाल

मोरङ, निर्वाचन भएको डेढ वर्षको अवधीमा २४२ वटा कानुन निर्माण गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । शनिवार आफ्नो निर्वाचन क्षेत्र मोरङको पथरीशनिश्चरेमा आउनुभएका ढकालले यस्तो बताउनुभएको हो ।

पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्यामपसको क्यामपस संचालक परिषद बैठकको खुल्ला सत्रलाई सम्बोधन गर्दै मन्त्री ढकालले छोटो समयमा कानुनी रुपमा निकै काम भएको बताउनुभयो । ढकालले भन्नुभयो “करिब डेढ वर्षको अवधीमा हामीले २४२ कानुनहरु निर्माण गरेका छौँ । जसमध्ये ४ वटा मात्रै संसदमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्नुपरो नभए अरु सबै कानुन सर्वसहमत पास भएका छन् । यस क्षेत्र लगाएत देशैभरीको समस्या समाधानका लागि भूमि सम्बन्धीको कानुन पनि बनिसकेको छ । मैले बोलेका कुरा पुरा गरेरै छाड्छु र आगामी दिनमा यस क्यामपसका लागि पनि यस क्षेत्रका साथिहरुले सहमति जनाएमा सांसद विकास कोषको बजेटबाट भएपनि केही व्यवस्थापन गरिने छ ।” देशकै सबैभन्दा ठुलो समस्याका रुपमा रहेको यस क्षेत्रमा सुकुम्बासी, दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास लगाएतको समस्या समेत अब हल हुनेकुरा ढकालले बताउनुभयो ।

परिषद बैठकमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । अक्षय कोष संचालनका लागि समेत दाताहरु थपिने क्रम पनि रहेको छ । यही बिचमा भरतमोहन अधिकारी फाउनडेसनबाट पनि १ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना गरिएको छ । आगामी दिनमा अझ प्रभावकारी रुपमा क्यामपस संचालनका लागि सबै सरोकारवालाहरु मिलेर लाग्नुपर्ने वक्ताहरुले बताएका छन् । हाल क्यामपस घाटामा संचालन भइरहेको लेखा समिति संयोजक केशव प्रसाद दाहालले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।


सम्बन्धित खवर