देशैभर भारी वर्षा हुने सम्भावना, पूर्वमा विहानै देखि लगातार वर्षा

देशैभर भारी वर्षा हुने सम्भावना, पूर्वमा विहानै देखि लगातार वर्षा

काठमाण्डौ, शनिबारदेखि हिजोअस्तिभन्दा धेरै भारी बर्षा हुने संभावना रहेको मौसमविदले बताएका छन् । मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि लगातार पानी पर्ने सम्भावना भने नरहेको उहाँको भनाई छ । पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने उहाँले बताउनुभयो ।

यस्तै बाढी र पहिरोको जोखिम रहेको भन्दै उहाँले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् कँडेलको अनुरोध छ । साथै दशैँमा घर जानेहरुले पनि पहिरो जान सक्ने राजमार्गका सम्भावित ठाउँहरुमा सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।

पूर्व क्षेत्रमा भने विहानै देखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण दैनिक जनजीवन कष्टकर बनेको छ ।


सम्बन्धित खवर