विदेसीएका नेपालीहरुको कथा ः पसिनाको कमाइ

विदेसीएका नेपालीहरुको कथा ः पसिनाको कमाइ

लक्ष्मी बर्देवाको निर्दशनमा कामेश्वर चौरसियको कमब्याक भएको छ । लामो समयदेखि चुपचाप बसेका कलाकार कामेश्वर चौरसिया पसिनाको कमाइ मार्फत फेरि कलाकारितामा निक्कै दमदार उपस्थिति जनाएका छन् ।

गायक तथा संगीतकतरको राम्रो परिचय बनाइसकेका गौरभ दर्पणको शब्द, संगीत र स्वर रहेको पसिनाको कमाइ बोलको गीत मार्फत उनले आफ्नो कमब्यकलाई निक्कै आशा लाग्दो बनाएका छन् । फडिन्द्र राईको संगीत संयोजन रहेको पर्पल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई शरण छिनामले रेकर्ड टरेका हुन् भने सुमन खड्काले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

उक्त गीतको भिडियोको पाटोमा भने लक्ष्मी बर्देवाले निर्देशन गरेकी छिन् ।लक्ष्मी बर्देवा र काकेश्वार चौरसियाको मुख्य भूमिका रहेको उक्त म्युजिक भिडियोमा सुदिप कार्की र प्रशंग गौतम पनि कलाकारको रुपमा रहेका छन् । बुद्ध थापाले क्यामराको जिम्मेवारी सम्हालेका छन् भने सुनिल विश्वकर्माले सम्पादन गरेका छन् ।

पसिनाको कमाइ समग्रमा विदेशमा बसेर दुस्ख र पीडा सहेर रेशमा रेमिट्यान्स भित्र्याउने नेपालीहरुको परिदृष्यको हो ।

सम्बन्धित खवर