तरकारीको मूल्य आकासियो, मुल्य बृद्धि २८९ प्रतिशत

तरकारीको मूल्य आकासियो, मुल्य बृद्धि २८९ प्रतिशत

काठमाडौं, चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य आकासिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको हो ।

व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् ।वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको समितिले बताएको छ । तर मूल्यवृद्धि हरियो सागमा मात्र नभई अधिकांश तरकारीमा भएको छ ।

भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २८९ प्रतिशत बढेर होलसेलमै १७५ रुपैँया प्रतिकेजी पुगेको छ । बोडी २२७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ । यस्तै गरेर बजारका सबैजसो तरकारीमा मूल्य अत्याधिक महँगो भएका छन् ।

सम्बन्धित खवर