मिक्लाजुङका गाउँगाउँमा पुग्दैछ कालोपत्रे, जनप्रतिनिधिलाई स्थानीयको हाइहाइ

मिक्लाजुङका गाउँगाउँमा पुग्दैछ कालोपत्रे, जनप्रतिनिधिलाई स्थानीयको हाइहाइ

मिक्लाजुङ, मोरङको मिक्लाजुङ गाउँपालिकाको गाउँगाउँमा कालोपत्रे सडक निर्माण हुन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएदेखी नै विकासको लहर सुरु भएको हो ।

मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित बहुमत सदस्यहरु नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित भएका छन् । नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र सबै दलको सहकार्यमा गाउँगाउँमा कालोपत्रे पुर्याउन थालेको हो ।

मिक्लाजुङमा जनप्रतिनिधि आएपछि विकाशको लहर नै सुरु भएको स्थानीयबासी बताउँछन् । अहिले गाउँपालिकाको वडा नंं ८ को मालबारी संगम चोकको सडक खण्डमा कालोपत्रे भएपछि त्यस क्षेत्रका जनता उत्साहित बनेका छन् । स्थानीयबासी भन्छन् – जनप्रतिनिधि हुनु त मिक्लाजुङको जस्तो भन्दै स्थानीयले हाइहाइ गर्न थालेका छन्। गाउँपालिका उपाध्यक्ष सरला राईले भन्नुभयो – पहिले यहाँ कच्ची सडकमा भोट माग्नुपरेको थियो, अहिले कालोपत्रे बनाउन सफल भएका छौँ ।

गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले गाउँपालिकाको विकाशमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ । गाउँपालिकाको विकाशमा सबै जनप्रतिनिधिहरु एक भएर लागिसेकेको बताउनुभएको छ । मिक्लाजुङको मधुमल्लादेखी दमक जोड्ने मावा खोलामा पनि पक्की पुल निर्माण भएपछि गाउँपालिकाको मुहार फेरिने देखिएको छ ।


सम्बन्धित खवर