पशुपति वनको साधारणसभा सम्पन्न, जेष्ठलाई सम्मान र विध्यार्थीलाई छात्रवृत्ति

पशुपति वनको साधारणसभा सम्पन्न, जेष्ठलाई सम्मान र विध्यार्थीलाई छात्रवृत्ति

पथरी, पथरीशनिश्चरे नगरपालिका १०स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले ९ औँ वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान र विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

शुक्रबार भएको सभामा गंगामाया पौडेल, पदमकुमारी खत्री, राममाया राई, जितरानी लिम्बू, किताबसंह राई लगाए ११ जनालाई नगदसहित सम्मान गरेको थियो ।

त्यसैगरी गरिव तथा जेहेन्दार ११ विध्यार्थीहरुलाई बर्षदिन पुग्ने कपि, डट, ब्याग र पोषाक छात्रवृतिको रुपमा वितरण भएको थियो । यसरी स्कुल सामाग्री पाउने विध्यार्थीहरुमा चेतन पौडेल, रोशनी धिमाल, सबिना चौधरी, विना लिम्बू लगाएत रहेका छ्न । गत सालको एसइई परीक्षामा उत्कृष्टहुने समीक्षा तिम्सिना र अस्मिता खड्कालाई वन समूहले सम्मान गरेको छ ।

समितिको अध्यक्ष ईश्वर चौहानको सभापतित्वमा भएको कार्यक्रममा १० जना अपांगता भएका व्यक्तिलाई समेत सम्मान भएको थियो । लार्यक्रमको प्रमुख अतिथी पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट, १० नम्बर वडा अध्यक्ष सागर राई, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सचिव अग्नि पौडेल, मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राई लगाएतले शुभकामना दिएका थिए ।

१० नम्बर वडा अध्यक्ष सागर राईले वनमा काठ र आर्थिक हिसाब पारदर्शी नहुने गरेको बताए । यसैगरी उपभोक्ता ज्ञानेन्द्र राईले वनबाट निस्केको काठको पूरा विवरण नआएकोमा त्यो हिसाब देखाउनु पर्ने बताएका छन् । यसअघि पनि पशुपति वनमा अनियमितता भएको भन्ने आरोपहरु पटक पटक लाग्दै आएको थियो ।


सम्बन्धित खवर