नगरले ग¥यो मासु र एग्रोभेट अनुगमन

नगरले ग¥यो मासु र एग्रोभेट अनुगमन

मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले आज पथरी बजार क्षेत्रमा मासु तथा एग्रोभेट पसल अनुगमन गर्दै पसल व्यवस्थित रुपमा सञ्चालन गर्न सुझाव दिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिग्राम काफ्ले, १ नम्वर वडाध्यक्ष बाबुराम एङदेन, पशुपंक्षी शाखाका हेमचन्द्र दाहाल, पर्वत शाह, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत सहितको टोलीले १९ वटा पसलको अनुगमन गरेको छ । जसमध्ये १३ वटा मासु पसल रहेका छन् । त्यसमा पनि ३ वटा पसलको त नामै नराखिएको पाइएको छ ।

जसमा, अधिकांश मासु पसल दर्ता नभएको, कतिपय मासु काट्ने स्थल अव्यवस्थित, मासु काट्ने व्यक्तिले सुरक्षा नअपनाएको, मासु खुला ठाउँमा राखेर समेत विक्री हुने गरेको पाइएको समिति संयोजक वास्तोलाले जनाउनु भयो । मुल्यसूची पनि धेरैजसोले नराखेको, धेरै प्रकारका मासु एकैठाउँ राखेर बेचिएको, केहीले होडिङ बोर्ड नराखेको, केहीमा होडिङ बोर्ड भएपनि दर्ता नम्वर र प्यान नम्वर नराखेको पाइएको छ ।

भेटेरीनरी पसलमा विषादी र औषधि एकैठाउँमा राखेर बेचेको, पसलमा मुल्यसूची सहितका व्यवस्थापनका कुरामा सुझाव दिइएको छ ।

अधिकांश पसलेलाई नगरपालिका कार्यालयमा आएर मासु तथा भेटेरीनरीको प्रावधानका बारेमा स्पष्ट बुझ्न र सो अनुरुप कार्यान्वयनमा ल्याउन सुझाव दिइएको छ ।


सम्बन्धित खवर