डिक बहादुरको ह्याट्रिकमा ६ नं. बिजयी

डिक बहादुरको ह्याट्रिकमा ६ नं. बिजयी

पथरी, हसन्दह ढल्केजोवन फुटबलमा वडा नं. ६ बिजयी भएको छ । वडा नं. ६ का खेलाडी डिक बहादुर मगरको ह्याट्रिकसंगै वडा नं. ६ अघिल्लो चरणमा उक्लिएको हो ।

आजको पहिलो उद्घाटन खेलमा वडा नं. १ र वडा नं. ६ बिचको खेल भएको हो । पहिलो हाफमा वडा नं. १ ले केही दबावमा राखेको भएता पनि निकैवटा प्रहारलाई गोलमा परिणत गर्न नसक्दा नतिजा उल्टो बन्यो । १ नं. वडाले गोललाई सहि दिशा दिन नसक्दा वडा नं. ६ का खेलाडी मगरले खेलको फाइदा लिए । मगरले लगातार ३ गोल गरेपछि ३–० को अन्तरले वडा नं. १ पराजित भएको हो । आजको खेलको म्यान अफ दि म्याच पनि मगर नै घोषित भए ।

साविकको हसन्दह गाविसका वडाहरु बिचमा सुरु भएको खेलमा भोली दोस्रो खेल वडा नं. २ र ३ बिच हुने अध्यक्ष डेविट खड्काले जानकारी दिए । हसन्दह ढल्केजोवनको फाइनल खेल असोज १८ गते फलपातीका दिन हुनेछ । बिजेताले २० केजीको खसी र उपबिजेताले १५ केजीको खसी साथमा ट्रफि मेडल र प्रमाण–पत्र पाउने आयोजकले जानकारी दिएको छ ।

यसअघिखेलको उद्घाटन नगरप्रमुख दिलिप कुमार राईले गर्नुभएको थियो । ३० वर्ष उमेर नाघेका खेलाडीहरु मात्रै समावेस हुने ढल्केजोवन फुटबल खेल अमरसिंह माविको खेलमैदानमा भइरहेको छ ।



सम्बन्धित खवर