जनकपुरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

जनकपुरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

असोज १०, २०७६
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। सुरक्षाको वर्तमान अवस्था र चुनौतीको विषयमा गोष्ठीमा छलफल हुने बताइएको छ।
भोली शनिबार सम्म चल्ने गोष्ठीमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्री सरोज सिंह, आठ जिल्लाकै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका अधिकारीकोसहितको सहभागिता रहेको छ । शनिबार गृहमन्त्री रामबहादुर थापा समेत गोष्ठीमा सहभागि हुनेछन्। प्रदेश २ मा केहिदिन यता अपराधिक घटना बढेको छ ।
दैनिक जसो लुटपाट, हत्या, बलात्कार, चोरी जस्ता घटना घटिरहेका छन्। सोही कारणले गृहमन्त्रालय र प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्त रुपमा गोष्ठीको आयोजना गरेको बताइएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले प्रदेशको अगामी सुरक्षा रणनीति बनाउने उदेश्यका साथ गोष्ठी आयोजना भएको जानकारी दिए।

सम्बन्धित खवर