१० आश्विन २०७६, शुक्रबार
विराटनगर–१४ का समानन्द यादव हत्या प्रकरणमा मोरङका ३ वडा अध्यक्षसहित १० जना विरुद्ध जिल्ला अदालत मोरङमा बिहिवार मुद्दा दायर गरिएको छ ।
मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत मोरङमा वडा अध्यक्षसहित १० जना विरुद्धमा आज कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो । यादव अत्या प्रकरणमा विरानगर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, वार्ड नम्बर १८ का अध्यक्ष सञ्जय साह र मोरङको जहदा गाउ“पालिका १ नम्बर वार्डका अध्यक्ष प्रदीपचन्द यादवसहित विन्देश्वर यादव, शम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादवलाई प्रतिबादी बनाएर मुद्दा दायर गरिएको हो ।
तीनै जना वडा अध्यक्षहरु समाजवादी पार्टीबाट निर्वा्चित भएका हुन् । यादव हत्या प्रकरणमा यसअघि पक्राउ परेका आरोपी दिपेश यादवलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएको छ । एक महिनाको अनुसन्धानपछि प्रहरीले हत्या आरोपीमध्येका एक यादवलाई अदालतमा बुझाएको हो ।
यादवको हत्या प्रकरणमा जोडिएका तीनजना अध्यक्षसहित नौ जना भने अझै फरार छन् । आफ्ना श्रीमानलाई कुटपिट गरी हत्या गरेका जनप्रतिनिधिहरुलाई पहु“चका कारण प्रहरीले पक्राउ नगरेको भन्दै मृतक यादवकी श्रीमतीसहित आफन्त र छिमेकीहरुले जिल्ला अदालत मोरङमा प्रदर्शन गरेका छन् ।
हत्या आरोपमा पक्राउ परेका दिपेश यादवलाई अदालतमा उपस्थीत गराउने जानकारी पाएपछि अदालत आएका उनीहरुले जिल्ला अदालतका मुल गेटमा अगाडि प्रदर्शन गरेका हुन् । मृतककी श्रीमती केन्दुलादेवी यादव, जेठा छोरा सिमानन्द यादवले प्रहरीले पहु“चवाला भएका कारण वडा अध्यक्षहरुलाई जोगाएको आरोप लगाए ।
पीडित परिवारसहित आफन्तहरुको भिडले अदालतको मुल गेट अगाडी नै प्रदर्शनी गरेपछि प्रहरीले कडा सुरक्षा दिएर पक्राउ परेका दिपेशनलाई अदालतमा उपथस्थित गराएको थियो ।
ओबि