गिरिजाप्रसाद कोइरालासहित डेढ सय व्यक्तिका पदक खारेज गरिने

गिरिजाप्रसाद कोइरालासहित डेढ सय व्यक्तिका पदक खारेज गरिने

०६, असोज २०७६
विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गर्दापनि बेवास्ता गरेका कारण यस्तो निर्णय गरेको हो
‘विभूषण सिफारिस कार्य्विधि एवं प्रदानसम्बन्धी मापदण्ड–२०७५’ अनुसार मानपदवी प्रदान गरिएको १ वर्ष्भित्र सम्बन्धित व्यक्तिले नलिएमा स्वतः रद्द हुन्छ ।
मापदण्डअनुसार गृह मन्त्रालयले फिर्तासम्बन्धी निर्णय लिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त)सहित १४२ जनाकै पदक खोसिनेछ ।
सरकारले संविधान दिवसको अवसर पारेर शुक्रबार ६३४ जनालाई मनपदवीमा सिफारिस गरेको छ । ती व्यक्तिलाई २०७७ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने्छिन् । गत वर्ष ३४२ जनालाई मानपदवी प्रदान गरिएको थियो ।

सम्बन्धित खवर