सोमबार ०६, असोज २०७६
संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा मकालु–२ बुङ्गिमका ३४ वर्षीय दावा नुर्बु शेर्पा रहेको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । आइतबार दिउँसो ४ बजे शेर्पालाई आफ्नै बारीमा घाँस काट्न गएको बेला भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट शेर्पाको दाहिने हातको पन्जा, दुबै खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
भालुको आक्रमणबाट घाइते शेर्पाको प्राथमीक स्वास्थ्य चौकी मकालुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
