जबरजस्तीकरणी गर्ने चार जना पक्राउ, जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान कार्य सुरु

जबरजस्तीकरणी गर्ने चार जना पक्राउ, जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान कार्य सुरु

आश्विन ६, २०७६
मोरङको सुन्दरहरैचा नगरपालिका – १ की १७ वर्षीय एक किशोरीलाई केरा घारीमा लगेर सामूहिक बलत्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । शनिबार साढे ९ बजे राती मोरङको ग्रामथान गाउँपालिका – ७ स्थित बिचारी खनालको केरा घारीमा लगेर ती कीशोरीलाई चारजना युवाले सामुहिक बलत्कार गरेका थिए ।
सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका – ५ का २० वर्षीय सुरेश थानदार, सोही ठाउँका २५ वर्षीय कमल पुरी, २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाश कुमार थारुलाई पक्राउ गरेको हो । पीडित पक्षले इलाका प्रहरी कार्यालय हरैचामा उजुरी दिएपछि प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । मोरङ प्रहरीले बलात्कारमा संलग्न चार जनालाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरि सार्वजानिक पनि गरेको छ ।
प्रहरीका अनुसार किशोरीलाई युवकहरूले मदिरा सेवन गराई बलात्कार गरेको प्राराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । शनिबार राती करणी भएको खबर पाए पछि पुगेको प्रहरीले शनिबार १ बजे घटनामा संलग्न चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसरी भएको थियो घट्ना
‘घटनामा संलग्न चारैजना किशोरीसँग चिनजान भएका व्यक्ति रहेको खुलेको छ,’ एसपी अधिकारीले भने, ‘ती किशोरीलाई गफ गर्ने तरिकाले घरदेखि बोलाए । त्यसपछि मदिरा सेवन गराए । नशामा लठिएपछि एकान्त ठाउँ केरा घारीमा लगेर करणी गरेको प्राराम्भिक चरणको अनुसन्धानबाट देखिन्छ ।’ मदिरा सेवनपछि अर्धचेत भएको अवस्थामा करणी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाई छ । ती किशोरीसँग सबैभन्दा नजिकका साथी प्रकाशकुमार थारु रहेका थिए
पक्राउ परेका थारुले नै ती किशोरीलाई सुरुवातमा बोलाएर मदिरा सेवान गराएका थिए । त्यसपछि करणी गर्न उनका अन्य साथीहरूलाई बोलाएर केराघारीमा लगेको प्रहरीको भनाई छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले जिल्ला अदालत मोरङमा आइतबार जवर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
मोरङ प्रहरीले चालु आर्थिक वर्षको भदौ महिनामा मात्र जवरजस्ती करणी मुद्दामा १० जनालाई पक्राउ गरि अदालतमा मुद्दा दर्ता गरेको छ भने जवरजस्ती करणी उद्योगमा ६ जनालाई मुद्दा चलाएको एसपी अधिकारीले जानकारी दिए ।
ब्लाष्टखबर

सम्बन्धित खवर